पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा व्यवस्थापनले नियमविपरित आफूखुसी निर्णय गरेर संस्थानलाई धरायसी बनाउँदै गलेको खबर आजको राजधानीमा छापिएको छ।
अस्पतालमा कुनै पनि काम प्रचलित नियमअनुसार नभएपछि प्रतिष्ठानको दिगोपनका लागि मितव्ययिता अपनाउन आवश्यक रहेको महालेखा परिक्षकको प्रतिवेदनले औल्याएको छ।
ललितपुर लगनखेलस्थित सो अस्पताल सरकारी निजी साझेदारी नीति अनुसार सञ्चालन भइरहेको छ। १२ वर्षअघि युनाइटेड मिसन टु नेपालले हस्तान्तरण गरेपछि यो जिल्ला अस्पतालको रुपमा समेत रहेको छ। तर, व्यवस्थापनमा रहने व्यक्तिहरुका कारण अस्पतालमा चरम अनियमितता वेथिति र भ्रष्टाचार मौलाउदै गएको हो।
यहाँ कुनै पनि काम पा६न स्वास्थ्य विज्ञान प्रतिष्ठान आर्थिक प्रशासन विनियमावलीअनुरुप नहुने गरेको पाइएपछि महालेखाले सरकारलाई सम्बन्धित काममा संलग्नलाईअनुसन्त्रान गरी कारबाही र अस्पताललाई पुगेको क्षति बराबरको रकम असुलउपर गर्न निर्देशन दिएको छ। पाटन अस्पताल यो वर्ष २ करोड ६ लाख ८५ हजार खुद नोक्सानमा छ।
प्रतिष्ठानमा औषधि, केमिकल, रिएजेन्टस, एक्सरे, फिजियोथेरापीलगायत मालसमान खरिद गर्दासमेत टेन्डर नगरी आफूखुसी खरिद गरिएको भन्दै महालेखाको प्रतिवेदनमा त्यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको छ।