नेपाली सेनामातहत सञ्चालित सैनिक कल्याणकारी कोषको करिब ४९ करोड रुपैयाँ जोखिममा परेको छ।
महालेखापरीक्षकको काषिर्क प्रतिवेदन २०७० अनुसार खारेज भएका तथा समस्याग्रस्त घोषित बैँक वित्तिय संस्थाले बचत तथा मुद्दती खाताको निक्षेप फिर्ता गर्न नसकेपछि कोषको ४८ करोड ४७ लाख ६७ हजार रुपैयाँ जोखिममा परेको खबर आजको कारोबार दैनिकले छापेको छ ।
युनाइटेड विकास बैँक, सम्झना फाइनान्स, नेपाल विकास बैक, अमरावती बहुद्देश्यीय सहकारी संस्थालगायत ११ संस्थामा रहेको निक्षेप सेनाले फिर्ता पाएको छैन।
यी संस्थाका लगानीकर्ता, सञ्चालक र कमृचारी कर्जा दुरुपयोग प्रकरणमा तानिएपछि सै्रनिक कोषलगायत अन्य सर्वसाधारणको बचत जोखिममा छ । प्रतिवेदनअनुसार कोषको ४३ करोड १३ लाख ५१ हजार सावाँ र पाँच करोड ३४ लाख १६ हजार रुपैयाँ व्याज फिर्ता लिन बाँकी छ ।
विभिन्न बैँक वित्तिय संस्थामा कोषको २२ अर्ब ९७ करोड १० लाख ९७ हजार रुपैयाँ बचत छ । यसबाहेक कोषले विभिन्न सेवा तथा आयमुलक उद्योगमा करिब २ अर्ब रुपैयाँ लगानी गरेको छ । ०७० असार मसान्तसम्मको विवरणअनुसार सिवभिन्न ३९ बैँक वित्तिय संस्थामा कोषको १३ अर्ब ८३ करोड ३६ लाख ८० हजार र २२ बैँकमा ८ करोड १३ लाख ५२, दुवैमा ५० लाख १२ हजार युरो र ५५ लाख १५ हजार पाउन्ड स्टर्लिङ बचत छ ।