मापदण्ड र गैरकानुनी ढंगले संचालन गरिएका क्रसर उद्योगहरुलाई जिल्ला प्रशासन कार्यालय तनहुँले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
यसै सिलसिलामा प्रशानले दुलेगौँडा हलेदीका तीन , भिमाद ,सेती दोभानका दुई र व्यास ७ बेनीपाटनको एक क्रसर उद्योगमा सिलबन्दी गरेको छ । मापदण्ड विपरीत र गैरकानुनी ढंगले संचालित क्रसर उद्योगलाई पटक पटक कानुनको दायरा भित्र आउनका लागि आग्रह गरिएको भएपनि त्यसलाई वेवास्ता गरिएपछि सिलबन्दी गर्नुपरेको प्रशासनको भनाई छ ।
जिल्ला घरेलु विकास समिति मुख्य शाखा कार्यालय तनहुँले दिएको जानकारी अनुसार मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योगलाई कानुनको दायरा भित्र आउनका लागि दुई हप्ताअघि नै पत्राचार गरिएको थियो ।तर क्रसर उद्योग संचालकहरुले त्यसलाई वेवास्ता गर्दे आईरहेका थिए ।
प्राप्त जानकारी अनुसार तनहुँमा संचालित १३ वटा क्रसर उद्योगहरु मापदण्ड विपरित संचालन भईरहेका छन् ।यसैबीच जिल्लामा संचालित क्रसर उद्योगहरुमा डन देखि राजनीतिक दलका उच्च व्यक्तिहरुको समेत लगानी रहेको बुझिएको छ ।जसले गर्दा प्रशासनले चाहेर पनि कार्वाहीको दायरा भित्र ल्याउन सकिराखेका छैन ।त्यस्तै क्रसर उद्योगबाट मन्त्रालयका उच्च अधिकारी सम्मलाई उपहार हुने हुँदा कार्वाही प्रक्रिया अगाडि बढ्न नसकेको स्रोतहरुको भनाई रहेको छ ।