गुल्मीको म्यालपोखरामा भएको जिप दुर्घटनामा परी चार जनाको ज्यान गएको छ।
गुल्मीको दरवारदेवीस्थल-८ म्यालपोखरावाट सदरमुकाम तम्घासतपर्फ आउँदै गरेको लु १ ज २५२९ नम्बरको जिप आइतवार बिहान दुर्घटना हुँदा अन्य १० जना घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि एक जनाको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
गुल्मीको दरवारदेवीस्थल-८ म्यालपोखराका ९ वर्षीय बालक विवश सारुमगरको घटनास्थलमै मृत्यु भएको हो। यसैगरी अन्य मृतकहरुमा दरवारदेवीस्थल-८ म्यालपोखराकै २४ वर्षीय भविन्द्र कुँवर र ५० बर्षीया जमुना खत्री रहेका छन् । प्रहरीका अनुसार मृतक अर्का एक जनाको सनाखत हुन सकेको छैन ।
जिप सडकवाट करिब १०० मिटर तल खसेको छ ।
घाइतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।