ग्राहक उपभोक्तासँग नेपाल आयल निगमले कहिलै उधारो ब्यापार गर्दैन। जहिले पनि नगदै कारोबार गर्छ । यता नगदमा कारोबार गर्ने आयल निगम उता भारतमा भारतीय आयल निगमसँग भने जहिलै उधारोमा पेट्रोलियम पदार्थ आयत गर्छ।
नेपाली उपभोक्तासँग नगद कारोबार गर्नेले उता किन उधारोमा कारोबार गर्यो? अन्तर्राष्ट्रियस्तरमा भाउ बढ्ने बित्तिकै अनेक बहानामा यता पनि भाउ बढी हाल्छ तर भाउ बढाए पनि सहज रुपमा उपभोक्ताले पेट्रोलियम पदार्थ यहाँ कहिलै पाउदैनन। निगमको नियतै खराब होकी हाम्रो आयल निगम नै यस्तै हो अहिले सम्म उपभोक्ताले भ्येउ पाउन सकेका छैनन।
सरकार परिवर्तन हुने बित्तिकै भाउ बढ्छ त्यसको बिरुद्द २/४ दिन विद्यार्थी आन्दोलन हुन्छ सरकारले वार्तामा बोलाएर बढेको आधा मुल्य घटाऊछ त्यसपछी विद्यार्थीहरु तै चुप मै चुप हुन्छन। आन्दोलनले पनि मुल्यवृद्दिलाई केही लछरपाटो लगाउदैन ।त्यसपस्चात कहिले ग्यास नपाउने कहिले पेट्रोल नपाउने हुन्छ ।
आयलनिगम भन्छ उताको भुक्तानी कम भएर यता पेट्रोल डिजेल थोरै पठायो त्यसैले २-४ दिन पछि बितरण सहज हुन्छ ? यता नगद कारोबार गर्ने आयलनिगम उता चाँही किन उधारोमा कारोबार गर्छ ?
उपभोक्ताले बुझन नसकेको कुरो जहिले पनि घाटाको ब्यापार गर्ने आयल निगमले कहिलेदेखि मुनाफा कमाउँछ अनि पेट्रोल डिजेल ग्यास उपभोक्ताले भनेको समयमै सहजै पाउछन ?