सत्तारुढ नेकपा एमालेले जेठ २४देखि हुने नवौ महाधिवेशनका लागि चन्दा र लेवी वैक खाताबाट मात्रै संकलन गर्ने भउको छ। महाधिवेशनलगायत पार्टीका अन्य कार्यक्रममा बैंक खाता प्रयोग गर्दा पारदर्शी हुने भएकाले पार्टी मातहतका सबै निकायलाई सर्कुलर पठाइसकेको पार्टीले जनाएको खबर आजको कारोबारमा छापिएको छ।
'पछिल्लोपटक औपचारिक पत्र पठाएर सहयोग रकम तथा लेबी संकलनका लागि आग्रह गरिएको छैन,' केन्द्रीय लेखा परीक्षण आयोग विभाग प्रमुख पुष्प कँडेलले भने,' आर्थिक हिसाबकिताबमा सिंगो पार्टी र नेतृत्व सचेत छ।'
महाधिवेशनका लागि सहयोग, लेवी, सदस्यता/नविकरण शुल्क तथा अन्यष स्वेच्छिक सहयोग बैंक खाताबाहेक मान्य नहुने उनले बताए।