समाज कल्याण परिषदले सम्झौता नगरी नेपालभित्र कार्यक्रम चलाउँदै आएका २६ अनर्तराष्ट्रिय गैर सरकारी संस्थालाई खारेजीको सिफारिस गरेको छ।
ती संस्थाले विधानविपरित विभिन्न मन्त्रालयसाग सीधै सम्झौता गरी कार्यक्रम चलाएको खारेजीका लागि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा सिफारिस गरिएको खबर आजको कान्तिपुरमा छापिएको छ।समाज कल्याण परिषद ऐन २०४९ अनुसार परिषदसँग साधारण सम्झौता गरेका अन्तर्राष्ट्रिय संस्थाले तीन महिनाभित्र परियोजना प्रस्ताव गर्नुपर्नेछ। परिषदका अनुसार केही आइएनजीओ आठ वर्षदेखि सम्पर्कविहिन छन्। तर उनीहरुले अन्य निकायसँग सम्झौता गरी कार्यक्रम सञ्चालन गर्दै आएको परिषदले जनाएको छ।
परिषदका सदस्यसचिव रवीन्द्र कुमारले ऐन-नियम पालना नगर्ने संस्थालाईपरिषदले अभिलेखबाटै हटाइने बताए।