अध्यगमन विभागमा खटिएका कर्मचारीको एकपछि अर्को बद्मासी सार्वजनिक भएपछि त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क निजामतीबाट खोसेर प्रहरीमा फर्काउन लबिङ सुरु भएको छ।
पछिल्लोपटक अध्यागमनका कर्मचारीको लापरबाहीले अन्तर्राष्ट्रिय उडानबाट आएका यात्रु बिनाजाँच बाहिरिएपछि अध्यागमनको नेतृत्वबारे गृहमा औपचारिक छलफल चलेको छ। विमानस्थलस्थित अध्यागमनको आगमन डेस्कका १४ कर्मचारी चैत ८ गते साँझ साढे ४ बजेपछि झन्डै डेढ घन्टासम्म अन्तै जाँदा इन्डियन एयर, चाइना इस्टन, जेट एअर, कतार एअर, स्पाइजेडलगायत अनर्राष्ट्रिय उडानबाट आएका यात्रु अनएराइभल भिसाबिनै विमानस्थलबाट बाहिरिएका थिए। आजको नागरिकमा खबर छ।