न्यायपरिषदले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि पुनरावेदनका मुख्य न्यायाधीश बाटै छानेर सिफारिस गरेपछि नेपाल बार एशोसियसनले विरोध जनाएको छ।
कानुनव्यवसायीहरुको छाता संगठन बारले सर्वोच्चमा न्यायाधीश नियुक्ति वा सिफारिस गर्दा १५ वर्ष कानुनव्यवसाय गरेका व्यक्ति योग्य हुने भन्ने संवैधानिक प्रावधान विपरित परिषदले सिफारिस गरेको भन्दै खेद प्रकट गरेको छ।
आफुले सिफारिस गरेका कानुनव्यवसायीहरुलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस नगरेकोमा उसले आपत्ति जनाउँदै विज्ञप्ति निकालेको छ।
परिषदले मंगलबार दिउँसो सर्वोच्चमा पुनरावेदन अदालतका ८ जना न्यायाधीश सिफारिस गरेको छ।
परिषदकै आग्रहमा, सर्वोच्चमा न्यायाधीश नियुक्ति लागि बारले सफारिसलाई समेत वेवास्ता गरेकोमा बार रुष्ट भएको हो।
बारले यसअघि विभिन्न राजनितिक दल निकट १५ कानुनव्यवसायीलाई सर्बोच्चको न्यायाधीशका लागि 'योग्य' भनेर सिफारिस गरेको थियो।
‘आजको न्यायाधीश नियुक्तीको सिफारिसको निर्णयले संविधान र कानुनको मर्म भावना प्रति गंभीर नरहेको देखिएकोले परिषदको निर्णय प्रक्रियामै गम्भीर प्रश्न उठेको नेबाएको ठहर छ’बार महासचिव सुनिल पोखरेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ।