जिल्लाको बाला गाबिस वडा नं. ६ बस्ने २३ वर्षीय छोरा बीर्खबहादुर राईलाई १० वर्ष अगाडि आफ्नै बाबुले मार्न लगाएको खुल्न आएपछि बाबु गौलकुमार राईसँगै घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।
२०६० साल मंसीर महिनामा अंशवण्डा बिषयमा विवाद भई सोहि रिसीइबीका कारण राईले छोरा बीर्खबहादुरलाई ठेगान लगाई दिनु पर्यो भनि गाउकै तुलसी कुमार राई र डम्बर राईलाई ५ हजार रुपैया दिएर मार्न लगाएको खुल्न आएको हो।
पक्राउ पर्नेहरुमा तुलसीकुमार राई, डम्बर राई र निलम राई रहेका छन् भने घटनामा संलग्न अन्य को पनि खोजी कार्य भईरहेको प्रहरी नायव उपरिक्षक पवन कुमार गिरीले बताए । प्रहरीका अनुसार २०६० साल मंसीर २७ गते राती १२ जना केटाहरुको समुहले मृतक बिर्खबहादुरको घरमा गई मृतक राईको श्रीमती सकुन्तला राई र ५ बर्षको छोरा जिवन राईलाई घर भित्र थुनी मृतक बिर्ख बहादुरलाई लाठी, मुङ्ग्रो र ढुङ्गाले प्रहार गरि कर्तब्य गरि मारे पश्चात बारीमा खाल्डो खनी गाडेको थियो।