सरकारले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिको काम गर्ने गरी सहप्राध्यापक शिशिर रिजाललाई नियुक्त गरेको छ।
कुलपति तथा प्रधानमन्त्री सुशील कोइरालाले सो पदमा रिजाललाई नियुक्त गर्नुभएको शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले जानकारी दिए।
उपकुलपति महेश्वरमान श्रेष्ठलाई अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरेपछि नयाँ नियुक्ति गरिएको हो। प्रधानमन्त्रीले नवनियुक्त रिजाललाई रिक्त रजिष्ट्रार, परीक्षा नियन्त्रक र डीनमा आवश्यक जिम्मेवारी (नियुक्ति) दिन अख्तियारी दिइएको शर्माले बताए ।
यसैबीच, शिक्षा मन्त्रालयले मध्यपश्चिमाञ्चल विकास क्षेत्रका कायम कमुकायम निर्देशकमा महोत्तरीका जिल्ला शिक्षा अधिकारी प्रमोदकुमार शाहलाई सरुवा गरेको छ।
सो क्षेत्रीय कार्यालयका कामु निर्देशक डा. तुल्सीप्रसाद थपलियालाई पूर्वाञ्चल विश्वविद्यालयका कामु निर्देशकमा नियुक्त गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।रासस