एमालेमा भावी नेतृत्वको लागि वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली समूहले औपचारिक रुपमै आ-आफ्नो गुटबन्दी थालेको खबर आजको कान्तिपुरमा छापिएको छ।
पार्टीभित्र प्रभावशाली मानिने नेताहरु स्पष्ट दुई कित्तामा विभाजित भएका हुन्। उनीहरुले नेपाल र ओलीलाई आ-आफ्नो उम्मेद्वारको रुपमा सार्वजनिक गरेका छन्।
वरिष्ठ नेता नेपाल पक्षधर नेताहरुले बुधबार राजधानीमा पत्रकारमाझ भावी अध्यक्षमा उनको उम्मेदवारी घोषणा गरेका थिए। अवधारणासहित प्रस्तुत उनीहरुले आफ्नो विचारको नेतृत्व नेता नेपालले मात्र गर्न सक्ने बताए। नेताहरु भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टीलाई समग्रमा चलाउने क्षमता नेपालको मात्र भएको दाबी गरे।
'पुरानो ढाकाटोपीका रुपमा हामीले नेपाललाई अघि सारेका छौ, टोपीका साथ नयाँ पोसाकहरु कस्ता हुन्छन् त्यसलाई पछि सार्वजनिक गर्छौ,' उनीहरुको लिखित प्रस्तावमा उल्लेख छ। नेपाल पक्षधर अन्य नेताहरुमा युवराज ज्ञवाली, भरतमोहन अधिकारी, अमृत बोहोरा, पशुपति चौलागाईँ, प्रकाश ज्वाला, गंगाधर तुलाधारलगायत छन्।
गत साता राजधानीमै पत्रकार माझ केपी ओली पक्षधरले पनि यस्तै घोषणा गरेका थिए। पार्टीको गतिशिलता र वैचारिक स्पस्टताका लागि ओलीलाई भावी नेतृत्वको रुपमा अघि सारेको उनीहरुको भनाई छ।
यो पनि