पशुपतिनाथ मन्दिका भट्टले कमिसन बढाउनुपर्ने माग गर्दै दुई दिनदेखि विशेष पूजा बन्द गरेका छन्। मन्दिरमा हुने विशेष पूजामा २० प्रतिशत कमिसन वृद्धि गर्नुपर्ने भट्टहरुको माग छ। आजको नागरिकमा खबर छापिएको छ।
उनीहरुले सरकारले उपलब्ध गराउँदै आएको तलबभत्तामा कर काट्न नहुने मागसमेत राखेका छन्। पशुपति क्षेत्र विकास कोषले २०६८ साउनदेखि पुरानो बख्यौता र नयाँ तलबमा कर काट्दै आएको छ।
पशुपतिनाथ मन्दिरमा बिभिन्न अवसरमा ११ सय देखि ९ लाख रुपैयाँसम्मको रसिद काटेर बिशेष पूजा गर्ने ब्यवस्था छ । बिशेष पूजामा चढाएएको भेटी र दक्षिणाको साढे ७ प्रतिशत कमिसन रकम भट्टहरुले यसभन्दा अगाडी पनि पाउदै आएका छन्।
भक्तजनले भने भट्टहरुले आन्दोलन गरेर भगवानप्रतिको आस्थामा खेलबाड गरेको बताएका छन्। मन्दिरमा जन्मदिन, विवाहको वार्षिकउत्सव, जंकु, विशेष तिथि लगायतमा विशेष पूजा गराउन नपाएको उनीहरुको गुनासो छ।