सरकारले उपत्यकाका सडकमा सार्वजनिक सवारी साधनको अस्तव्यस्ता र मनपरी नियन्त्रण गर्न २५ सिटभन्दा साना सवारीको नयाँ यातायात सञ्चालन अनुमति(रुट परमिट इजाजत) बन्द गरेको खबर आजको नागरिकमा छापिएको छ।
यातायात व्यवस्था विभागले उपत्यकामा साना सवारीको मनपरिकका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै वैशाख १ गतेबाट रुट परमिट बन्द गरेको हो।