एमालेका अध्यक्ष प्रत्याशी केपी शर्मा ओलीले महाधिवेशनका आफ्ना प्रतिस्पर्धी माधव नेपाललाई गैरराजनीतिक र उद्दण्ड रुपमा प्रस्तुत हुन खाजेको आरोप लगाएका छन् ।
साथै उनले नेता नेपाललाई आफ्नो विचार केही नभएको जता पल्ला भारी देख्यो त्यतै दौड्ने गरेको बताएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
मंगलवार राती आफू पक्षधरका केन्द्रीय सदस्यहको गोप्य रणनीतिक भेलालाई सम्बोधन गर्दै ओलीले नेपाललाई यस्तो कटाक्ष गरेका हुन् ।
यसअघि नेपालले दोस्रो जनआन्दोलनका क्रममा ओली गणतन्त्रको पक्षमा नरहेको घुमाउरो पाराले आरोप लगाएका थिए। सो आरोप प्रति इंगित गर्दै ओलीले वैचारिक बहस र सार्वजनिक समारोहमा नेपाल गैरराजनीतिक र उद्दण्ड बन्दै गएको बताए।
‘मेरो मनमा त्यसको प्रतवाद गर्ने बिचार आए पनि बलजफ्ती रोक्ने गरेको छु । नत्र म पनि त्यस्तै छुद्र कुरा गरेर इतिहासको खुइल्याउदै हिडौं’, ओलीले भने, 'मैले बाहिर अन्तर्वार्ता दिँदा मात्रै होइन, केन्द्रीय कमिटि बैठकमा पनि त्यसबेला गणतन्त्रको कार्यदिशाा नबनाएसम्म गणतन्त्रको नारा युवाहरुलाई घोक्न लगाएर मात्र हुँदैन, त्यो ठेलागाडामा चढेर अमेरिका गए जस्तो हुनछ भनेको हुँ । के त्यो बेठीक कुरा थियो ?’ आन्दोलनको सहयात्री कांग्रेस संवैधानिक राजतन्त्रलाई आदर्श भन्छ। हामीले गणतन्त्रमा जाने निर्णय गरेका छैनौ भने त्यसको अर्थ त त्यही हुन्थ्यो नि।'