सम्झनाहरुले पिरोल्दैछन्
खाटा बसेको घाउ फ़ेरि बिथोलिदैछन
तर पिडाको अनुभुति
शुन्यप्राय छ।
केबल रोमान्चकता छ हर्षोल्लास छ
सायद एउटा नयाँ बिहानि हुदैछ
आज घाउ पिडा दिन नसकेकोमा
आफ़ै पो रुदैछ।
कस्तो आनन्द अनुभुति
आँखा वरिपरि न्यानो घाम छ
तर आङ् भरि समयको निलडाम छ।
तेजले आँखा खुल्दैछैनन्
तैपनि कस्तो आराम छ।
तर यो मानिसको हरे जातै नहुने
अरुको आराम देखिनसक्ने
यो कस्तो कोलाहल
सबको मुखमा "राम राम" छ
आ मलाइ त के ?
यिनले गरुन जे
कस्तो मिठो निन्द्रा लाग्या छ
सारा थकान खै कता भाग्याछ
स्वप्न सन्सारमा हराउदैछु
खुसिले उन्मत्त भै कराउदैछु
सायद म बढ्दैछु शिखरको बाटोमा
यो धर्ति यो माटोमा म बिरताको बाटोम
यो रङ्ग यो रातोमा
प्रहर बिहानिको शीतलताको साटोमा
बैरिको निम्ति रगतको रातोम
ज्वाला बनि बिस्फ़ोट हुन्छु
म बर्षा अनि भेल बन्छु
र फ़ुक्छु बिगूल एउटा क्रान्तिको
"जिन्दाबाद ! जिन्दाबाद ! लोकतन्त्र जिन्दाबाद !"
"सामन्तबाद सधै होस बर्बाद !"
"लोक्तन्त्र सधै जिन्दाबाद !"
"ड्याङ्ग !" "ड्याङ्ग !"गोलि चल्यो
लौन त्याहा को ढल्यो ?
बचाउ ! बचाउ ! कराउदैछ उ
आफ़्नै रगत देखेर डराउदैछ उ
फ़ेरिपनि गर्ज्दैछ
जिन्दाबाद ! जिन्दाबाद !
उस्ले सिकेको अनि उस्लै सिकाइएक
उस्ले सुनेको अनि उस्ले बोलेको
प्रथम अनि अन्तिम शब्द
उस्को "अन्तिम जिन्दाबाद !!"
प्रकाशित मिति: 2014-04-24 12:46:47