उक्त चिठीमा लेखिएका प्रसंगहरु सही होइनन्। त्यस्तो कुनै पनि गाउँमा म र नरहरिजी २०५९ साल कात्तिक महिनामा गएका छैनौँ। त्यस्तो कुनै गाउँमा बिहानै खिर र अचार खाएका छैनौँ।
पाठक प्रतिक्रियामा उल्लेख भएजस्तो कुनै पनि पात्र र परिवारसँग मेरो चिनजान छैन। पत्रमा नरहरिजीलाई सम्बोधन गर्दै लेखिएको छ- काका, हजुरले बिर्से पनि शारदा काकीले सम्झनुभएको होला– त्यही बिहानै खीर–आलु खुवाएर पठाउने घरको जेठो छोरो, जसको ओछ्यानको सिरानीमा काकीले लीला आचार्यको 'बीसौँ शताब्दीकी द्रौपदी' भन्ने किताव बिर्सेर जानु भएको थियो। मलाई 'शारदा काकी' का रुपमा उल्लेख गरिएको
उक्त पत्रमा लेखिएजसरी मैले कसैको घरमा त्यस्तो किताब छाडेको पनि छैन। त्यस्तो नामको किताब मैले देखेको पनि छैन।
मलाई अरु केही भन्नु छैन, त्यो पत्रलेखक राम्रो निबन्ध लेख्नु हुँदोरहेछ। त्यहाँ उल्लेख गरिएका घटना, प्रसंग र कथा काल्पनिक हुन्।
शारदा शर्मा, लेखक
(शर्मा कानुनमन्त्री नरहरि आचार्यकी पत्नी हुन्। आचार्य दम्पतीको तस्बिर शर्माको फेसबुकबाट लिइएको हो।)