नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले सहमतीय नेतृत्वका लागि आफू फेरि अध्यक्ष हुने बताएका छन् ।
बिहीबार झापाको बिर्तामोडमा प्रेस चौतारीले आयोजना गरेको संक्षिप्त अन्तरसंवाद कार्यक्रममा उनले भने,'म पदीय बहस र भिडन्तमा जान्न, सहमतिमा मैले फेरि एक कार्यकाल दोहोर्याउनुपर्छ भनेर महाधिवेशनमा प्रस्ताव आए स्वीकार्छु।'
अध्यक्ष खनालले एकता र सहमतिमा सबै साथीहरूले आफूलाई नेतृत्व लिनुपर्छ भनेमा आफू जस्तोसुकै जिम्मेवारी लिन तयार भएको बताए ।
उनले नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा हुने स्पष्ट पादै महाधिवेशनसम्म आइपुग्दा वैचारिक र सङ्गठनात्मक ढङ्गले एकमत हुँदै सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरे ।रासस