अखिल नेपाल फुटबल संघ एन्फाले दशरथ रंगशाला मर्मत सम्भारको कारण देखाउँदै यस वर्ष सहिद स्मारक ए डिभिजल लिग आयोजना नगर्ने भएको छ।
एन्फा कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले ए डिभिजन लिग नगर्ने निर्णय गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ।
बैठकले फुटबल विकासका लागि भन्दै विभिन्न महत्वकांक्षि निर्णय पनि गरेको छ। बैठकले राष्ट्रिय लिग फुटबल सञ्चालन, युवा फुटबल विकास परियोजना, राष्ट्रिय यु १६ टोली तथारी लगायतका १२ वटा निर्णय गरेको छ।