सुरक्षा विशेष समितिका अध्यक्ष कुलबहादुर गुरुङले समितिको प्रतिवेदन शुक्रबार सदनमा पेश गरेका छन्।
गुरुङले जनतामा निहित सार्भभौमसत्ताको उपयोग गर्न संसदले गठन गर्ने समिति सान्दर्भिक हुने उल्लेख गर्दै संसदीय समितिलाई लघु संसदको रुपमा पनि लिइने बताए।
उनले त्यसअनुसार संसदीय नियमावलीले समिति र विशेष समिति गठन गर्ने व्यवस्था रहेको उल्लेख गर्दै अन्तरिम संविधानको प्रावधानले विशेष परिस्थितिमा बाहेक अन्य अबस्थामा नेपाली सेनाको परिचालन गर्न कठिन भएको तर विगतमा संविधानसभा भंग भई गैरराजनीतिक सरकारको नेतृत्वमा रहेको सरकारले निर्वाचन सम्पन्न गर्न आवश्यक एकीकृत सुरक्षा परिचालनका लागि जारी भएको बाधा अड्काउ फुकाऊ आदेश अनुसार सेना परिचालन भएको उल्लेख गरे।
उनले त्यसलाई संसदीय समितिले अनुमोदन गरिसकेपछि त्यसको जानकारी अध्यक्षको हैसियतले सदनलाई जानकारी गराएका थिए।