चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी होमल्याण्ड रियल स्टेट अवार्ड, २०७० द्वारा सम्मानित भएका छन्। नेपालमा सबैभन्दा पहिले रियल स्टेट व्यवसाय शुरु गरेर यस व्यवसायलाई मार्ग दर्शन गरेको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो ।
राजधानीको होटल सोल्टीमा सोमबार सा“झ आयोजना गरिएको अवार्ड वितरण समारोहमा शहरी विकास मन्त्री डा. नारायण खड्काले अवार्ड हस्तान्तरण गर्नु भएको हो । अध्यक्ष चौधरीको तर्फबाट ग्रुपका कार्यकारी निर्देशक बरुण चौधरीले अवार्ड लिएका छन् ।
‘नेपालमा रियल स्टेट व्यवसायको अवधारणा नै नबनिसकेको समयमा हामीले यस व्यवसायमा हात हालेका थियौ“ । काठमाडौंको अव्यवस्थित शहरीकरणलाई व्यवस्थित बनाउन हामीले सामुहिक आवासको अवधारणा कार्यान्वयनमा ल्याएका हौ“ ।’ ग्रुपका अध्यक्ष चौधरीले भने, ‘अहिले रियल स्टेट व्यवसाय नया“ उचाईमा पुगेको देख्न पाउदा मलाई खुसी लागेको छ ।’
चौधरी ग्रुपले २०५८ सालमा सामुहिक आवास योजना शुरु गरेको हो । सिजी डेभलपर्समार्फत ग्रुपले उच्च गुणस्तरीय हाउजिङ परियोजनाहरु सम्पन्न गर्दै आएको छ । ग्रुपले काठमाडौं रेसिडेन्सी, माउन्ट भ्यू रेसिडेन्सी (फेज १ र २) सम्पन्न गरिसकेको छ भने सिजी हिल्स परियोजना अन्र्तगतका घरहरु निर्माणको अन्तिम चरणमा छन् । सिजी हिल्स परियोजना अन्तर्गत काठमाडौंको हात्तिगौ“डामा निर्माण भईरहेका ४९ वटा ‘लक्जरी भिल्लाज’हरु नेपालकै नमूनायोग्य हाउजिङका रुपमा विकास गर्ने लक्ष्य छ । सिजी डेभलपलर्सले निर्माण गरेका प्रोजेक्टहरुप्रति उपभोक्ताहरुको आकर्षण रहदै आएको छ ।