सरकारले गैरआवासीय नेपाली एनआरएनलाई पनि स्वदेशी उद्योगीसरह सुविधा दिने भएको छ। विदेशी लगानी प्रोत्साहन गर्न एनआरएनलाई पनि स्वदेशी लगानीकर्तासरह सबैखाले सुविधा दिन लागिएको खबर आजको कारोबारमा निरु अर्यालले लेखेकी छन्।
उद्योग मन्त्रालयको संयोजनमा तयार पारिएको विदेशी लगानी नीतिको मस्यौदामा संस्थागत विदेशी लगानीकर्ता, व्यक्तिगत लगानीकर्ता र गैरआवासीय नेपाली लगानीकर्ता गरी ३ वर्गमा छुट्टाइएको छ, जसमा एनआरएनलाई विशेष सुविधा दिइएको छ।