संविधान लेख्न संविधानसभा पठाइएका सभासद आफ्नै घरकरेसोमा मोटरबाटो पुर्याउन दिनहुँ बजेट मानग्दै मन्त्रालय धाइरहेका छन्।
नयाँ आर्थिक वर्षको बजेट तयारी भइरहँदा सभासद तथा विभिन्न पार्टीका नेता निर्वाचन क्षेत्रको निहुँमा आफू वा नजिकको कार्यकर्ताको घरपायक बाटो पुर्याउन भौतिक निर्माण तथा यातायात मन्त्रालय र सडक विभाग दौडिरहेको खबर आजको नागरिकमा छापिएको छ।
मन्त्रालय स्रोतका अनुसार मन्त्री सभासद र स्थानीय प्रशासनको सिफारिसमा दैनिक २ सय बढी यस्ता निवेदन विभागमा दर्ता भइरहेका छन्। निवेदन हेर्दा सभासदले आफ्नै घर जग्गालाई सुगम बनाउ ध्येयले बजेट मागेको प्रष्ट देखिन्छ।
'अधिकांश सभासद तथा स्थानीय राजनीतिक दलका कार्यकर्ता मन्त्रीको सिफारिस लिएर ५ देखि १० किलोमिटर बाटोमा पैसा राखिदिन निवेदन लिएर आउँछन्,' स्रोतले भन्यो,' तोक लागेको निवेदन अस्वीकार गर्न पनि गाह्रो, यस्ता सडकले महत्व पाउँदा समुदाय, गाउँ वा पर्यटन व्यवसायमा टेवा पुग्ने बाटो जहिलै ओझेलमा पर्ने गरेका छन्।'