चौधरी समूहले नर्भिक इन्स्टिच्युट अफ टेक्नोलोजी एनआईटीका नाममा इन्जिनियरिङ कलेज सञ्चालनमा ल्याउने भएको छ।
कलेजका कार्यकारी निर्देशक पारस शाक्यले पोखरा विश्वविद्यालयको सम्बन्धनमा करिव ३० करोडको लगानीमा ललितपुरको लुभूमा कलेज संचालनमा ल्याउन लागेको जानकारी दिएका हुन्। कारोबार दैनिकमा खबर छ ।
चौधरी समूहको बीएल कंगलामारेट अर्न्तगत कलेज संचालनमा ल्याउन लागिएको हो। उत्पादनसँगै सेवामुलक व्यवसाय गर्दे आएको चौधरी समूहले यसअघि नर्सिङ कलेज र बिजनेस स्कुल सञ्चालन गरिसकेको छ।
कार्यकारी निर्देशक शाक्यले कलेजका लागि भौतिक संरचना तयार गर्दासम्म ३० करोडको लगानी भइसकेको बताए। अझै १० करोड थपिन्छ उनले भने।
शाक्यका अनुसार कलेजले पहिलो चरणमा सिभिल इन्जिनियरिङ र इलेक्ट्रनिक्स बिषयमा आगामी शैक्षिक सत्रबाट विद्यार्थी भर्ना लिने तयारी गरेको छ। चौधरी समूहले दक्ष जनशक्ति उत्पादनज गर्ने गरी यो क्षेत्रमा लगाी गर्ने जनाएको छ।
नर्भिक इन्टरनेसनल हस्पिटल संचालन गरिहेको समूहले मेडिकल कलेज संचालनका लागि मन्त्रालयबाट एलओआई लेटर अफ इन्सेन्ट लिएको छ।