वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले आगामी एक हप्ताभित्र २६ सभासद् मनोनयन कार्यले पूर्णता पाउने बताएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँगको भेटमा उनले सभासद् मनोनयन प्रक्रिया अन्तिम चरणमा पुगेकाले एक हप्ताभित्र संविधानसभाले पूर्णताः पाउने उल्लेख गरे ।
मन्त्री आचार्यले वर्तमान सरकारले संविधान निर्माण कार्यलाई महत्व दिएकाले राजनीतिक नियुक्तिमा केही ढिलाइ भएको बताए ।
उनले अन्य राजनीतिक दलहरुको सल्लाह र सुझावअनुसार खाली रहेका पदहरुमा केही दिनभित्रै राजनीतिक नियुक्ति गरिने प्रष्ट पारे ।
एक प्रश्नको जवाफमा मन्त्री आचार्यले सरकारले गति लिन नसकेको भनेर टीकाटिप्पणी गर्नुभन्दा पनि सबै मिलेर सरकारलाई संविधान निर्माणमा सहयोग गर्न आग्रह गरे ।
मन्त्री आर्चायले आगामी माघ ८ गतेभित्रमा जनताले चाहेजस्तो लोकतान्त्रिक संविधान निर्माण गर्न सरकार प्रतिबद्ध भएर कार्य गरिरहेको जानकारी दिए । रासस