थाई प्रधानमन्त्री यिङलक सिनावात्रा पदमुक्त भएका छन् । उनलाई थाइल्यान्डको अदालतले बुधबार सो आदेश दिएको हो।
उनी प्रधानमन्त्री भएको समयमा सन् २०११ मा भएको एकजना वरिष्ठ सुरक्षा अधिकारीको सरुवाको विषयलाई लिएर उनका विरुद्ध यो फैसला आएको हो।
सो मुद्दामा सुनुवाई गरिरहेको थाइल्यान्डको संवैधानिक अदालतले बुधबार प्रधानमन्त्रीले पदीय दुरुपयोग गरेको ठहर गर्दै उनलाई सो पदमा रहीरहन नसक्ने ठहर गरेको हो।
बुधबार फैसला सुनाउदै सो अदालतले प्रधानमन्त्रीले पदीय दुरुपयोग गरेको भन्दै उनलाई प्रधानमन्त्री पदमा रहीरहन नसक्ने बताएपछि थाइल्यान्डको अस्थिर राजनीति थप तरङ्गित भएको हो।
उनको सो बर्खास्तगीसँगै उनको मन्त्रिमण्डलमा रहेका अरु नौ जना मन्त्रीहरुको पनि सो सरुवाको काण्डमा संलग्नता देखिएकोले पदबाट हट्नुपर्ने फैसला उक्त अदालतले सुनाएको छ।
प्रधानमन्त्री तथा उनको मन्त्रिमण्डलका अरु नौ जना मन्त्रीहरु हटेपनि त्यहाँ बाँकी रहेका मन्त्रीहरुले मन्त्रिपरिषदको कामलाई निरन्तरता दिन पनि सो फैसलामा भनिएको छ।
अर्काे मन्त्रिमण्डल नबन्दासम्म यसै मन्त्रिमण्डलका ती मन्त्रीले कामचलाउ सरकारका रुपमा काम गर्नपाउने सो फैसलामा बताइएको छ।
तर त्यस्तो मन्त्रिपरिषदलाई नै नयाँ प्रधानमन्त्रीसहितको मन्त्रिमण्डल गठनको अधिकार भने दिइएको छैन। रासस/सिन्ह्वा