नवलपरासीमा राजनीतिक दलका नेताले शौचालय नबनाउँदा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अभियान सफल हुन सकेको छैन। शौचालय नबनाउनेमा गत संविधानसभा निर्वाचनमा उम्मेद्वार भएकादेखि ठूला दलका जिल्ला नेतासम्म छन्।
राजनीतिक दलले सहयोग नगर्दा एक नगरपालिकासहित अधिकांश गाविसलाई अहिलेसम्म खुला दिसामुक्त गाविस घोषणा गर्न नसकिएको जिल्ला सरसफाई समन्वय समितिले जनाएको छ।नयाँ पत्रिका दैनिकमा समाचार छ ।
चार वर्षअघि अगुवा संस्था तथा विभिन्न दलले जिल्लालाई असार ०७१ भित्र खुला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता जनाइएको थियो। राजनीतिक दलका नेताले गाँउ गाँउ गएर कार्यकर्तालाई शौचालय बनाउन दबाब दिने प्रतिबद्धता जनाएका थिए।
शौचालय निमार्ण नबनाउनेमा मधेसी दलका नेता अगाडि छन्। स्थानीय विकास अधिकारीले भने संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ४ बाट उमेद्वार दिएका एक मधेसवादी दलका नेताले अहिलेसम्म शौचालय बनाएका छैनन्। उनले ती नेताको नाम भने उल्लेख गर्न अस्वीकार गरे।