दासढुंगा दुर्घटनाको केही समय बितेको थियो, नक्सालस्थित डेरामा विद्या भण्डारी सुतेकी थिईन।
उनी मस्त निदाएकी पनि थिइनन्। 'मदन खुरुखुरु आउनुभो, हामीबीच कुराकानी भयो' २०५० सालको एक सात देखेको सपना विद्याले सुनाइन् ' उहाँ भन्नुहुँदो रे' छ – यो सबै घटना के हो भन्ने अमर लामालाई थाह छ।' सपनामा देखेका कुरालाई सत्य मान्ने आधार छैन। यसको कानुनी हैसियत पनि हुँदैन। उनले त्यसै दिन परिवारका सदस्यलाई त्यो सपना सुनाईन त्यतिबेलै सकियो।
विद्याले २१ वर्षपछि पनि त्यो सपना बिर्सन सकेकी छैनन। यो कुरा सुनाउँदै उनी भावुक बनिन्। एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जिप त्रिशूलीमा खस्दा सकुशल रहेका थिए, चालक अमर लामा। उनी नै त्यो रहस्यमय दुर्घटनाका अन्तिम जानकार थिए।
दुर्घटनापछि अमरको भेट कहिल्यै विद्यासँग भएन। ११ साउन २०६० मा अमरको पनि हत्या भयो। अमरलाई माओवादीले हत्या गरेको भनिन्छ। ' ड्राइभरको हत्या रहस्य खुल्ने डरले भएको हो भन्ने लाग्छ' विद्याले भनिन 'तथ्थ र घटनाक्रमले दुर्घटना सुनियोजित भन्ने देखाउँछ।'
यसतबेला स साना मदनका छोरीहरु हुर्केका छन्। जेठी छोरी उषाकिरणले स्नातकोत्तर गरेकी छिन्।
कान्छी निशाकुसुम पनि डाक्टर भएकी छिन्। विद्या एमाले उपाध्यक्ष छिन्। उनी मन्त्री पनि भइसकिन् पीडाले परिवारलाई पछ्याउन छाडेको छैन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचारमा छापिएको छ ।