नारायण गोपालदेखि भक्तराज आचार्यसँग पनि अन्तर्वार्ता गर्नु भयो होला।
भक्तराजसँग चाहिं लिएको होइन ।
भक्तराजको स्मरण मलाई किन आयो भने, उनीमाथि एउटा चलचित्र बनेको छ, आचार्य । असाध्यै सुन्दर । त्यो मैले हेरेको थिएँ, भर्खरै । तपार्ईंंले हेर्नु भयो कि भएन ?
छैन ।
अनि कलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिनो हराएको मान्छे’मा एउटा प्रसंग पढेको थिएँ, नारायण गोपालबारे । कुनै बेला राष्ट्रिय नाचघरमा ‘असनको साँढे’ भनेपछि नारायण गोपाल बुभिंmदोरहेछ । मुखले पनि जे मन लाग्यो त्यो बोल्ने रे । एक पटक राजाले भेट्न बोलाए रे उनलाई, साँझ आठ बजेको लागि । तर, राजाको सचिवले सात बजे भनेछन् । अर्कोले छ बजे भनेछ । अझ पछिल्लोले त पाँच बजे नै भनिदिएछ । तह तहका कुरा, ढिलो होला भनेर । नारायणगोपाल दरबार पुगेछन् पाँच बजे ।
समय बित्दै गयो । छ बज्यो । सात बज्यो । तर, राजा नआएपछि उनी फर्केछन् । फर्किनुअघि एउटा कागजमा लेखेछन्, ‘सात बजेसम्म कुरें अनि फर्कें ।’
त्यस्तै अर्को प्रसंग । नारायण गोपाल पोखराको एउटा कार्यक्रममा गीत गाउँदै थिए । एउटा गजलको अफर आयो, चीटमार्फत् । कसले पठायो थाहा छैन । उनले भने रे, ‘यो कुन बेकुफले पठाएको ? मैले गजल नै त गाइरहेको छु ।’
तलबाट माग आयो, हिन्दी गजलको ।
नारायण गोपाल फेरि कुर्ले रे, ‘म हिन्दी गाउँदिन । जसले भने पनि गाउँदिन ।’
त्यो चीट पठाउने अञ्चलाधीश रहेछ । हरिवंशहरू त डराए रे, ‘ओहो, अञ्चलाधीश पो रहेछ ।’
त्यहीक्रममा अञ्चलाधीश हात मिलाउन आए । अरुले नमस्कार गरे । तर, नारायण गोपाल अञ्चलाधीशतिर फर्किदै फर्किएनन् ।
अरुले भने रे, ‘उहाँ अञ्चलाधीश । चिन्नु भएन ?’
उनी कराउन थाले रे, ‘अञ्चलाधीश भएर के भयो त ? म राजालाई त नमान्ने मान्छे ।’
होला । सबको आ–आफ्नो अनुभव हुन्छ । नारायण गोपालसँग मेरो यस्तो खालको कुरै भएन । उनी त्यस्तो मान्छेमध्ये पर्छन्, जसको मैले बढी अन्तर्वार्ता लिएको छु । उनीसँग धेरै कुरा भए । गहिरो संगत भयो । म उनको एकदम घनिष्ट भन्ने पनि होइन । अघनिष्ट पनि होइन । उनी मित्र थिए । उनी मलाई लेखक मान्थे र म उनलाई गायक । उनले नाचघरमा जिएम हुँदा मलाई दुई काम दिएका थिए ।
०३८/३९ सालको कुरा हो । एक दिन उनले मलाई सोधे ‘ब्याले लेख्नु हुन्छ ?’ मैले कहिल्यै ब्याले लेखेको थिइन । तर, ‘दूर्गा अवतार’ लेखें । एक दिन फेरि सोधे, ‘गीति नाटिका लेख्नु हुन्छ ?’ ‘श्रीकृष्णलीला’ लेखें, लामै थियो उनकै अनुरोधमा । नाचघर प्रकाशक भएर पुस्तक पनि छपाइदिए उनैले । जो मसँग छैन, अहिले । भए नाचघरमै होला । त्यो धेरै चल्यो पनि । ‘दुर्गा अवतार’ पनि केही बर्षअघिको दशैंसम्म देखाइएको मलाई याद छ ।
नारायण गोपालको प्रसंग चलिरहँदा ‘स्वरसम्राट’को उपाधिबारे पनि कुरा गरौं । त्यो उपाधि सरकारले दिएको होइन । तर, जनताले माने । त्यो उपाधि अथवा शव्दबारे उठेको सन्दर्भसँग तपार्ईंं पनि जोडिनु हुन्छ कतै न कतै । हो ?
लेखक विनोद दीक्षित र म गफ गरिरहन्थ्यौं । अन्यत्र स्वरसम्राट वा स्वरसाम्राज्ञी भन्थे । अब यहाँ के त, को त ? भन्दा यहाँ हुन सक्ने नारायण गोपाल नै हो भन्नेमा हामी सहमत भयौं । पछिको कुरा चाहिं मलाई थाहा छैन । पछि कसलाई भनेर कसरी त्यो उपाधि पहिलो चोटि मञ्चबाट ‘एनाउन्स’ भयो ? त्यो बेला म यहाँ (काठमाडौं) थिइन ।
भनेपछि तपाईंंहरूबीच ‘स्वरसम्राट’ भन्ने उपाधि नारायण गोपाललाई दिइनु पर्छ भन्नेमा सहमति हुनु र अरु कसैबाट मञ्चबाट ‘एनाउन्स’ हुनु र पछि जनता सबैले त्यसलाई स्वाभाविक रुपमा लिनुबीच एक अर्कामा खासै सम्बन्ध देखिएन । होइन त ?
हाम्रो पनि सोचाइ हो तर पछि कसरी नारायण गोपालले त्यो उपाधि पाए ? त्यसबारे मलाई त्यति थाहा छैन । त्यो मलाई भन्दा बढी विनोदलाई थाहा छ ।
‘नारायण गोपालसँग धेरै निकट पनि होइन’ भन्नुभयो । कस्तो हो त्यो भनेको ?
यहाँ अलि फरक छ । धेरै निकट पनि होइन भन्नाले अर्कोसँगको तुलनामा हो । जस्तो कि भूपि शेरचन मेरो जति निकट थिए, नारायण गोपाल होइन । कतिपयले दावी गर्छन्, जस्तो कि केटाकेटीदेखिको साथी, स्कुलदेखिको साथी आदि । म र नारायण गोपालबीच त्यस्तो सम्बन्ध होइन । तर, हामीबीच मित्रता थियो । म उनको घरमा पनि जान्थें । बिहानै पनि ‘रमाइलो’ गरिएको छ । बेलुका पनि ‘रमाइलो’ गरिएको छ । त्यस्तो सम्बन्ध हो, हाम्रो ।
जस्तो नारायण गोपाल र विनोद दीक्षित स्कुलदेखिको साथी । त्यो म होइन मात्र भनेको । निकट त निकटमध्येकै परें नि । अरु गायकभन्दा निकटै हो । उनीसँग जुन कला थियो, जुन भनाइहरू हुन्थे, ती भनाइहरू जम्मा गरेर नै ‘आर्टिकल’ निक्ल्यो र निक्लिरहे ।
अघि तपाईंंले भूपिजस्तो निकट होइन भन्नुभयो । उदाहरणको लागि मात्र भन्नु भएको थिएन, सायद । भूपिसँग त साँच्चिकै निकट हुनु हुन्थ्यो होला ।
साँच्चिकै निकट थिएँ ।
भूपिसँग त्यति नजिक हुनुको कारण ? भूपिलाई रक्सीसँग पनि धेरै जोडिन्छ नि ।
हो । जोडिन्छ ।
अघि नारायण गोपालबारे कुरा गरिरहँदा एक्कासी भूपि आइपुगे ।
एक्कासी आएका होइनन् । निकटताको कुरा गर्दा तुलनाको प्रसंगमा आएका हुृन् । जस्तो भूपि निकट कि नारायण गोपाल भन्दा ‘नेचुरल्ली’ भूपि । भूपि निकट थिए । पारिजात निकट थिइन् । त्यो अलग कुरा हो । त्यो तुलनामा भनेको हो । होइन भने अन्य गायकका तुलनामा नारायण गोपाल निकट थिए ।
सापेक्षता...
हो । निकटतालाई सापेक्षतामा त हेर्नु पर्यो ।
भूपि अब भूपितिर जाउँ । तपार्ईंंलाई भूपिको सबैभन्दा मन नपर्ने बानी के थियो ?
मन नपर्ने बानी केही थिएन ।
रक्सी खाने बानी । त्यो पनि मन पर्थ्यो?
तपार्ईंं र म ‘यहाँ’ सँगै बसिरहेका छौं । यो टेबुल म पनि छोइरहेको छु । तपार्ईंं पनि छोइरहनु भएको छ । यो टेबुल दुवैले छोइरहेका छौं भने टेबुल मनप¥यो कि मन परेन भन्न सक्नु हुन्छ ? म पनि खाने मान्छे । उनी पनि खाने मान्छे । उनले बढी खाए भनेर मन पराउँदिन भन्न त भएन नि ।
साथीको रुपमा रक्सी घटाउने भूमिका त रहेन ?
त्
यो जरुरी लागेन । उनी मभन्दा ‘सिनियर’ पनि हुन् । मित्रता भयो । त्यो पछिको कुरा हो । सुरुमा उनी मेरा दाईका साथी थिए । त्यो बेग्लै कुरा हो । मैले धेरै लेख्नेमा भूपि पनि पर्छन्।
एउटा रमाइलो के छ भने, धेरै समयपछि एक दिन भूपिको निधनपछि भाउजु कान्ति शेरचनलाई भेटौं भनेर म र धु्रव सापकोटा उनीकहाँ गएका थियौं । ठ्याक्कै त्यो दिन भूपिको श्राद्ध परेको रहेछ । ‘ल अब प्रसाद खानु पर्यो’ भनियो । खाएर फर्कियौं । संयोग ।
नराम्रो त केही भएन नि ?
नराम्रो त केही भएन । तर, अचम्म लाग्यो । संयोगले कस्तो दिन छानिएछ । त्यही दिन पर्यो । नपर्न पनि त सक्थ्यो ।
...
धु्रवचन्द्रबारे रक्सी र औषधीको एउटा किस्सा ।
एक कविले अर्को कविसँग केही भन्दै थिए । म उनीहरूकै छेउमा थिएँ । त्यो सम्वादबाट यस्तो जानकारी भयो । दुईमध्ये एक कविले एक दिन ध्रुवचन्द्र गौतमलगायत केही लेखकलाई रात्रीभोज दिएछन् । खानपान सुरु भएछ । खानपान सुरु हुनुअघि धु्रवचन्द्रले एक मुठी औषधी खाएछन् । त्यसपछि रक्सी सुरु भएछ ।
त्यो देखेपछि आयोजक कविलाई केही असिजलो लागेछ र र सोधेछ ?, ‘यत्रो औषधी खानुभयो, रक्सी नखाने कि ?’
ध्रुवचन्द्रले भनेछन्, ‘त्यही रक्सी खान त यो औषधी खाएको । नत्र किन औषधी खान परेको थियो र ?’
त्यो कविले त्यसो भनिरहँदा मैले कुनै प्रतिकृया जनाइन् तर मलाई यसबारे मेरो पात्रको प्रतिकृया बुझ्न मन लाग्यो । उनले मलाई यस विषयमा भनेका थिए, ‘यस्ता किस्साहरू आउँछन् । मेरो हित चिताएर नै कसैले वा तपार्ईंंले नै यस्तो भन्नु भयो र तपार्ईंं गम्भीर हुनुहुन्छ । तर, रक्सी खाने बेलामा म त्यो गम्भीरतालाई हटाउन चाहन्छु । ‘लाइटर भेन’मा जानु पर्यो नि । त्यसैले भने हुँला, यही खान त यति औषधी खाएको । तर, म त रक्सी नखाएको दिन पनि औषधी खान्छु ।’
उनी भन्दै थिए, ‘दैनिक खाने औषधी त्यो दिन पनि खाएको देखे । रक्सी खाँदै गर्दा अन्यलाई स्थिति सहज लागोस्, अत्यास नलागोस् भनेर हो । गम्भीर ‘मुड’लाई रमाइलो ‘मुड’मा बदल्नु पर्ने परिस्थिति आउँछ । त्यसलाई कसरी बनाउने त ? यसरी गर्न सकिन्छ । प्रश्नकर्ताको मनोविज्ञान राम्रो बनाउन पनि त्यसो भन्नु पर्छ । नत्र उसले खान नै अप्ठ्यारो मान्थ्यो, म अझ गम्भीर भएको भए । ‘हो, हुन त’ भन्न थालेको भए, उसलाई अप्ठ्यारो पथ्र्यो ।
उसलाई खुवाउन पनि मैले अनेक गरेको । हा हा हा.. ।’
...
लेखक÷वैज्ञानिक डा. ईशान गौतम पछिल्ला निकै बर्षदेखि संगतमा छन् । एक दिन उनले मलाई नारायण गोपाल, पिता धु्रवचन्द्र र मदिरा जोडिएको एउटा घटना सुनाए ।
०४० साल हिउँदको कुरा हो, धु्रवचन्द्र गौतमका छोरा ईशान १२ बर्षका थिए । भर्खर पिता धु्रवचन्द्रको पहेंलो रंगको बाअ ६४७६ नम्बरको बजाज चेतक स्कुटर चलाउन सिकिरहेका थिए । त्यति बेला चक्रपथ खाली हुन्थ्यो । त्यसमाथि बिदाको दिन ।
नारायण गोपाल महाराजगन्जमा बस्थे । गौतमपरिवार चाबहिलमा । बिहान १०/११ बजेतिर धु्रवचन्द्रले नारायण गोपालकहाँ जाने भने । ईशानले सिकारुको रुपमा बुवालाई स्कुटरमा पछाडि राखेर चाबहिलबाट महाराजगन्ज पुर्याए ।
तुरुन्त आउँछु भनेर धु्रवचन्द्र नारायण गोपालको घरभित्र पसे । ईशान चक्रपथमै स्कुटर कुरेर बसिरहें । तर, दुई घन्टासम्म पनि बुवा बाहिर नआउँदा उनलाई झोक चलिसकेको थियो । त्यत्तिकैमा एउटा मान्छे बोलाउन आयो र उनलाई नारायण गोपालको घरभित्र लिएर गयो । भित्र पुग्छन् त देख्छन्, नारायण गोपाल र बुवा मदिरापान गरिरहेका ।
नारायण गोपालले सोधे, ‘बाबु कान्छीको गीत सुन्छौं ?’
बाहिर धेरै बेर कुर्नुपरेकोले उनलाई रिस उठिरहेको थियो । बालक ईशानले सुन्दिन भने र चुपचाप बसे ।
एक छिनपछि उनीहरु त्यही स्कुटरमा चाबहिल फर्के ।
...
भृकुटीमन्डपमा एकजना साहित्यकार/पत्रकार मित्रले जे भने त्यो हुबहु राख्छु ।
कुनै दिन जमघटमा रक्सी खाइरहेको बेला ध्रुवचन्द्र गौतमलाई फोन आउँछ र भनिन्छ, भोलिको लागि जसरी पनि लेख चाहियो । त्यसपछि तत्कालै उनी लेख्न सुरु गर्छन् । लेख्नलाई टेबल आवश्यक छैन । उनी आफ्नो भुँडीलाई नै टेबल बनाउँछन् र खुरुखुरु लेख्न थाल्छन् । एक छिनमा लेख्ने काम सकिसकेको हुन्छ । अरु सबै रक्सीमै मस्त भइरहेकै हुन्छन् ।’
(शुक्रबार भृकुटीमण्डपमा सार्वजनिक हुन लागेको अशोक सिलवालकृत ‘लेखक दुनियाँ, आख्यान पुरुष धु्रवचन्द्र गौतमसँग अन्तरंग’को एक अंश)