‘भूइँचालोलाई आधार बनाइ भूकम्प प्रभावित जनतालाई तराईमा बसाउने महेन्द्रवादी नीतिको निरन्तरताका लागि कार्य भइरहेको महसुस हुन थालेको छ।’
यी हरफहरु पूर्व मन्त्री सरिता गिरीले आफ्नो ट्वीटरमा ट्वीट गरेकी छिन्। सरीता गिरीको ट्वीटरले निकै दुःखी तुल्याएको छ।
सरीता गिरी एक महिला नेतृ भनेर उहाँप्रतिको मेरो सम्मान भताभुङ्ग भएको छ। मलाई मात्र हैन सारा नेपालीको पीडामा हिलचप्पलको चुच्चोले हानेकी छिन् सरिता गिरीले।
मान्छेले मानवीयता देखाउने विपतीको बेला हो। राष्ट्रियता देखाउने देश संकटमा परेको बेलामा हो। उनी त झन् नेता भनिएर चिनिएकी छिन्। सभासद पनि भएकी छिन्।
सरीता गिरीहरुले थाहा पाए हुन्छ उनीहरुसँग भन्दा दरबारसँग राष्ट्रियता थियो। तर मैले यो लेखिरहँदा म दरबारको पक्षधर भनिएला। अब जिउँदो नरहेको दरबारको पक्ष र विपक्षमा हुनु र नहुनुको अर्थ छैन। तर, दरबार हाम्रो महत्वपूर्ण इतिहास भने अवश्य हो।
गहिरीएर सोच्ने हो भने सरीता गिरीहरुलाई यहाँका जनताको भन्दा आफ्नो राजनीतिक भबिस्यको चिन्ता छ।
उनीहरु तराईको पक्षमा बोलेझै किन गर्छन्? किन कि तराईँ उनीहरुको परेड खेल्ने ठाउँ हो। हामी त हिमाल, पहाड, तराई कोही छैन पराइ भन्न सक्छौँ। उनीहरू तराइभन्दा मास्तिर उक्लन किन सक्तैनन्?
दक्ष जनशक्ति आफ्नो देशमा प्रशस्त छैनन्। तर देशलाई आवश्यक परेको छ भने तलवमा वा सहयोग स्वरुप सेना, चिकित्सक, समाजसेवी, वकिल, शिक्षक, इन्जिनियर लगायतका बौद्धिक र शारीरिक कसरत गर्ने महत्वूर्ण वर्गलाई देश बाहिरबाट ल्याएर काम लगाउन सकिन्छ।
अथवा कुनै पनि प्रकारको देश बाहिरको जनशक्ति परिचालन गरेर देशलाई उन्नतीको पथमा लैजान मद्दत पुग्छ। देशलाई संकट परेको बेला मित्रराष्ट्रले गास, बास कपासका आधारभूत आबश्यकतादेखि विकास निर्माणसम्म सहयोग गर्न सक्छ। यस्ता किसिमका सहयोग राष्ट्रहितका लागि हितकर हुन्छ पनि।
तर, देशलाई संकट परेको बेलामा संकट मोचन गराउने आफ्नो देशको नेता भएन भनेर अर्काको देशको नेता ल्याउन सकिँदैन। आफ्ना देशका नेता नालायक भए भने अर्काका देशका नेता खोजेर देश चलाउन मिल्दैन। असल नेता त्यही माटोमा जन्माउनै पर्छ। जुन नेता त्यो भूमिमा जन्मेको हुँदैन उसलाई त्यो भूमिको के माया?
उसलाई त्यो राष्ट्रियताको के भावना? नेताले आफू जन्मेको माटोको सुगन्ध चिनेको हुनुपर्छ। त्यहि माटोमा हुर्केको हुनुपर्छ। माटोको सम्बन्ध आफ्नो मुटुसँग गाँसिएको हुनुपर्छ। मुटुको ढुकढुकीमा देश हुनुपर्छ।
नेता हुनु जागिरे हुनु होइन। व्यापारी हुनु होइन। समाजसेवी मात्र पनि होइन। नेता भनेको देश र जनताको भाग्य निर्माता हो। नेता हुन राजनीतिक संस्कार अपरिहार्य छ।
सरीता गिरी महिला अधिकारवादी, समाजसेवी बन्नु होला अरू कुनै क्षेत्रको असल र राम्रो मान्छे बन्नु होला तर नेपालको नेता बनाउन सोच्नुपर्थ्यो।
उहाँहरुभित्र नेपाल र नेपालीको हितमा काम गर्नसक्ने रगत बग्नैसक्तैन। सरीता गिरीहरुको जस्तो क्षमतावान थुप्रै मधेशी नारीपुरुष हुनुहुन्छ राजनीतिमा आउन। तर उहाँहरु राजनीतिको बाटोतिर नहिँडि अन्तै हिँड्नु भएको छ। अनि सरीता गिरीहरुलाई सजिलो भएको छ राजनीतिको नाम।
नेपालको समसामयिक समयमा धेरै क्षेत्रमा चमत्कार गर्नसक्ने व्यक्तिहरु आइसकेका छन। विश्वका कुनाकुना पुगेर काम पनि गरीरहेका छन। तर, राजनीतिमा त्यति राम्रा मान्छेहरु किन आउन सकेनन्?
राजनीतिको नाममा कुराजनीति गर्ने सरीता गिरी त दृष्टान्त मात्र हुन। उनीप्रति मेरो कुनै पूर्वाग्रह छैन। व्यक्तिगतरूपमा म उनलाई चिन्दिन पनि। उनी क्षमतावान नारी हुन् भन्ने विश्वासचाहिँ छ। उनको त्यस्तो क्षमता राजनीतिमा लगाएर दुरूपयोग गराउनुको सट्टा अरु नै क्षेत्रमा लगाएर सदुपयोग गराउनु पर्थ्यो। उनले महिलाका क्षेत्रमा काम गर्न सक्थिन। तर त्यसो भएन।
उनको ट्वीटलाई हेरेर बिश्लेषण गर्ने हो भने उनको दिमागमा यो देश र जनताप्रतिको उनको विचार कति खतरनाक ढंगले चल्दो रहेछ। पहाडको नेपाली तराइको भूमिमा आएर बस्नु हुँदैन भन्ने आशयको ट्वीट कति खतरनाक छ।
नेपाली जनता चाहे हिमालको होस चाहे पहाडको होस चाहे तराईको होस। एकजुट भएर बिपती सामना गरेका धेरै उदाहरण छन। २०६६ सालमा कोशी फुटेताका मधेश आन्दोलन सेलाएको थिएन। राजनीतिक रूपमा पहाडेमुलका नेपाली र मधेसीमुलका नेपाली नागरिकबीचमा द्धन्द चर्किएको थियो। तर जब कोशी फुट्यो। पूर्वदेखि पश्चिमसम्मका नेपालीहरुले कोशी पीडित नेपालीलाई सहयोग गरे। तराईले सहयोग नगर्ने पहाडले भनेन। पहाडले सहयोग गरेको लिन्न तराइले भनेन। हामीलाई एकअर्काप्रतिको प्रेम र सम्मान थियो। नेपाली हुनुको एकता थियो।
यहि वैशाख १२ गतेको भूकम्पले पारेको तहस नहसको सामना गर्न विश्वभर छरिएका नेपाली एकजुट भएका छन। विश्वले हामीमाथि भातृत्व र भगिनित्व दर्शाएका छन्। यो विपति सारा नेपालीको हो। सिंगो नेपालको हो। एकजुट भएर यसको सामना गर्ने हाम्रो संकल्प छ। सहनशिल भएर हामी यो भुमरीबाट अबश्य पनि उत्रने छौँ।
प्राकृतिक विपति परेको बेलामा राजनितीक विचार र वाद शिथिल हुने गर्छ। जब राजनितीक विचार र वाद शिथिल हुन्छ विपतीको सामना गर्न सारा नेपाली एकजुट हुर्ने गरेका छौँ। नेपाली एकता भनेको यहि हो।तराइका आँखामा आँसु भरिँदा पहाडले पुच्छ। पहाडको मुटुमा भक्कानो फूट्ता तराइ सान्त्वना दिन्छ। नेपालको असन्तुलित राजनीतिक महामारीभन्दा हाम्रो राष्ट्रिय भाबना बलियो छ। सारा नेपाली हामी एक हौँ। हाम्रा विविध भाषा संस्कार संस्कृति नेपालको सम्पत्ति हो। यो सम्पत्तिका रक्षक हामी नेपाली हौँ। विपत्ति आइपर्दा हामीले नै हो सामना गर्ने। जय नेपाल!