नवलपरासीको नयाँवेलाहानी–८ बस्ने पच्चिस वर्षीय रञ्जिता रसाईलीलाई उनका आफनै श्रीमानले हत्या गरेको खुलासा भएको छ।
रञ्जिताका श्रीमान टोपप्रसाद रसाईली भन्ने टिकाप्रसाद रसाईलीले प्ाारिवारीक मनमुटावका कारण राती आफ्नै घरमा सुतिरहेको अवस्थामा घाँटी निमोठेर हत्या गरेको कुरा स्वीकार गरेको ईलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायव उपरिक्षक विमल वस्नेतले जानकारी दिए।
अभियुक्त टोपबहादुरलाई ज्यान मार्ने उद्योग अन्तर्गत कारबाही प्रकृया अगाडि बढाएको प्रहरीले बताएको छ। आमाको हत्या र बावु जेलमा जाने भएपछि नावालाक एक छोरा र दुई छोरी विचल्लिमा परेका छन्।