पोखराको विजयपुर खोलामा निर्मित विजयपुर–१ साना जलविद्युत परियोजनाको पावर हाउसमा पहिरोले क्षति पुर्याएको छ। अविर वर्षा पछि पोखरामा बन्न लागेको विमानस्थल तिरबाट आएको भलले विजयपुर खोला थुनिएपछि पावर हाउसमा क्षति पुगेको हो।
भगवती हाइड्रोपावर डेभलपमेन्ट प्रालिद्वारा सञ्चालित हाइड्रोपावरले ४ दशमलव ५ मेगावाट विजुली उत्पादन गर्दै आएको छ। पावर हाउसमा क्षेती पुगे पछि विजुली उत्पादन बन्द गरिएको हाईड्रोका प्रोजेक्ट म्यानेजर बसन्त महोन शर्माले जानकारी दिए। उनले पाउव हाउसलाई माथीबाट आएको पहिरोले क्षेती पुर्यापछि विद्युत उत्पादन बन्द गरेको बताए। पहिरोले करिब १५ करोडको क्षती पुर्याएको शर्माको भनाई छ।
लेखनाथको ३ र ५ नम्बर वडास्थित सक्नेरी भन्नेस्थानमा हाइड्रोपावरको ड्याम निर्माण गरिएको छ। करिब ७० करोडको लागतमा निमार्ण भएको हाइड्रोपावरबाट ४ वर्ष अगाडीबाट विद्युत उत्पादन हुदै आएको छ।