राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी संविधानसभा निर्वाचनका लागि ४० जिल्लामा पार्टीको प्रत्यक्षतर्फका उम्मेदवारको घोषणा गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय समितिका अध्यक्ष पशुपतिशम्शेर जवराको अध्यक्षतामा आज बसेको बैठकले संविधानसभाको निर्वाचनका लागि ७५ मध्ये ४० जिल्लाको उम्मेदवार तय गरेको केन्द्रीय सदस्य एवम् प्रचारप्रसार समितिका संयोजक ठाकुरप्रसाद शर्माले बताए।
सो पार्टीले २४० निर्वाचन क्षेत्रबाट नै उम्मेदवारको नामावली घोषणा गर्ने तयारी गरेको छ। सो पार्टीले मंगलबार गरेको निर्णयअनुसार पशुपति शम्शेर जवरा सिन्धुपाल्चोक ३, विष्णुविक्रम थापा २ र धर्मराज भण्डारी क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने तय भएको छ।
त्यस्तै बालाराम घर्तिमगर रोल्पा–१, पुर्ने पुन रोल्पा–२, बुद्धिमान तामाङ धादिङ–१, दीपक बोहरा रूपन्देही, बलराम खनाल चितवन–२, दिनेश अधिकारी चितवन–४, विक्रम पाण्डे चितवन–५, हेमजङ्ग गुरुङ्ग लमजुङ्ग–१, चतुर्भुज घिमिरे लमजुङ्ग–२, बलबहादुर केसी दोलखा–१, नरबहादुर पाखि्रन दोलखा–२, मुगाधन राई ओखलढुङ्गा–१, अमरबहादुर थापा अर्घाखाँची–१, देवीबहादुर खड्का अर्घाखाँची–२, डम्बरबहादुर राई भोजपुर–१, गणेशबहादुर कामी क्षेत्री दैलेख–१, दुर्गानाथ योगी दैलेख–२ र सावित्री पुरी क्षेत्री बर्दिया–४ छन्।
यसैगरी भक्तकुमारी गदाल इलाम–१, खगप्रसाद शर्मा इलाम–१, दिलबहादुर गुरुङ्ग इलाम–१, गोविन्दविक्रम शाह जाजरकोट–१, धनबहादुर अधिकारी जाजरकोट–१, राधा नेपाल कपिलवस्तु–१, राजेश सिंह कपिलवस्तु–२, रामआशिष पाण्डेय कपिलवस्तु–३, डा. गुरूप्रसाद रजौरिया कपिलवस्तु–५, प्रेमबहादुर भण्डारी बाँके–१, इसरत अलीमुकेरी बाँके–२, रामगोपाल वर्मा बाँके–३, फत्तेसिंह थारु बाँके–४, लालवीर माझी सर्लाही–१, किशोरबहादुर कार्की सर्लाही–२, रविभूषण कुमार यादव सर्लाही–४, शिवशंकर राय यादव सर्लाही–५, गजेन्द्रनारायण सिंह सर्लाही–६ का लागि उम्मेदवार हनेछन्।
दुर्गाबहादुर कार्की रूपन्देही–३, इन्द्रमान तिवारी रूपन्देही–५, अहमदअली शाह रूपेन्देही–६, गंगाराम कलवार रूपन्देही–७, कमलेश्वर मडिक यादव धनुषा–१, धिरेन्द्रप्रसाद यादव धनुषा–२, रामचन्द्र मुखीया धनुषा–३, रामदयाल साह धनुषा–४, लालबाबु यादव धनुषा–५, हरिशङ्करप्रसाद साह धनुषा–६, कृष्णप्रताप मल्ल धनुषा–७, श्रीमती जयन्ती साही हुम्ला, धनबहादुर बुढा कालीकोट, जीतबहादुर हितान मुगु, धीरेन्द्रप्रकाश महतो सिरहा–५, राजनारायण यादव सिरहा–२, शम्भुप्रसाद यादव सिरहा–३, राजेशप्रसाद साह सिरहा–५ र असेश्वर यादव सिरहा–६ बाट उम्मेदवार हुनुहुने पार्टीले जनाएको छ।
त्यस्तै विनोद जोतसी झापा–३, हेमन्त बोहरा झापा–५, दीपक खरेल झापा–७, सुशीलकुमार भट्टराई काठमाडौँ–१, कविता थापा काठमाडौँ–२, श्यामकृष्ण श्रेष्ठ काठमाडौँ–३, ठाकुरप्रसाद पौडेल काठमाडौँ–४, प्रेमनाथ दुलाल काठमाडौँ–६, शम्भु लामा तामाङ काठमाडौँ–७, सिद्धानन्द वज्राचार्य काठमाडौँ–८, ध्रुवराज गिरी काठमाडौँ–९ र भाइराम महर्जन काठमाडौँ–१० तोकीएको छ।
रामबहादुर कुँवर बझाङ–१, विश्वप्रकाश जेठारा बझाङ–२, कमलनारायण चौधरी दाङ–१, कृष्णबहादुर राना दाङ–३, प्रेमबहादुर साह दाङ–४, हिक्मतसिंह साउद डडेलधुरा, यज्ञश्वरी साह सल्यान–१, त्रिपल पी गुरुङ मनाङ, निलबहादुर देसार ललितपुर–१, सुनिल शाक्य ललितपुर–२, तिलकराज ओली सुर्खेत–१, रामप्रसाद यादव पर्सा–१, अखलिमा खातुन पर्सा–३, भूपदेवराय थारु पर्सा–४, लेखमान थापा पर्सा–५, घनश्याम वास्तोला सोलुखुम्बु–१ मा उम्मेदवार हुनेछन्।
संसदीय समितिको असोज ५ गते बस्ने बैठकले बाँकी जिल्लाका उम्मेदवारहरू तय गर्ने सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रासस