आपत्कालीन सेवाका लागि आकाशवाणी सेवा सञ्चालन भएको छ।
प्रजिअ कृष्णप्रसाद अधिकारीका अनुसार मोबाइल र टेलिफोनको प्रणाली असफल भई बन्द भएको अवस्थामा जिल्लामा पर्न सक्ने समस्या समाधान गर्न तत्काल केन्द्रीयस्तरमा सम्पर्क गर्न गृह मन्त्रालयमार्फत आकाशवाणी सेवा सञ्चालनमा ल्याइएको हो।
स्काइवेव हाइ फ्रिक्वेन्सीको सो आकाशवाणी २४सै घन्टा सञ्चालन हुनेछ। सेवा सञ्चालनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई दुई प्राविधिक खटाइसकिएको बताइएको छ।
सो सेवाले आपत्कालीन अवस्थामा ग्रामीण समाजबाट सूचना लिन तथा बिरामी पर्दा हेलिकप्टर र एम्बुलेन्स मगाउन समेत सहज हुने नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए। रासस