अर्घाखाँची र पाल्पाको सिमानामा पर्ने अर्घातोसको ठुलपोखरामा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका गाडीधनी ४० वर्षीय तारानाथ पाण्डेको घटनास्थलमै मृत्यु भएको छ ।
ठुलपोखराबाट मर्याङतर्फ बेसार लिन जाने क्रममा लु३त ३४१९ नंको ट्र्याक्टर दुर्घटना भई सडकबाट करिब सात मिटर तल खसेको थियो ।
ट्र्याक्टरमा सवार तीन घाइतेलाई उपचारका लागि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क लगिएको प्रहरी निरीक्षक सुजनकुमार राजभण्डारीले जानकारी दिए। ट्र्याक्टर चालक र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। रासस