अदालतले दोषी ठहर गरेर फरार भएको आफ्नै छोरालाई समातेर बुबाले अदालतसमक्ष बुझाएका छन्। कान्तिपुर दैनिकमा समाचार छ।
रामेछाप सैपु–२ का सुदन सुनुवारले चोरीको अभियोगमा जेल सजाय पाएका २१ वर्षीय छोरा शुभराज सुनुवारलाई सजाय दिलाउनका लागि रामेछाप जिल्ला अदालतमा पेस गरेका हुन्।
तीन वर्ष अघि ओखलढुंगा जिल्लामा भएको चोरी घटनामा संलग्न भएको अभियोगमा पनरावेदन अदालत राजविराजले २०७१ पुसमा सुनुवारलाई ४ वर्ष ९ दिन कैद हुने फैसला गरेको थियो।
उक्त फैसला कार्यान्वयनका लागि रामेछाप जिल्ला अदालतमा मिसिल आएपछि सुनुवारलाई प्रहरीले खोजबिन गरेको उनका बाबु सुदनले थाहा पाएका थिए।