काठमाडौं महानगरपालिका १४ मा एक नवजात शिशुको शव विभत्स अवस्थामा फेला परेको छ। बल्खु कुमारी क्लवस्थित सडक छेउमा बेबारिसे अवस्थामा शिशुको शव फेला परेको हो। शरिरको गर्दनदेखि खुट्टासम्मको भाग काटिएको अवस्थामा शव फेला परेको कालीमाटी प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी बृत्त कालिमाटीबाट प्रहरी टोली खटि गई घटनास्थल मुचुल्का समेतको कार्य पूरा गरी शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजंगज पठाइएको छ।