तस्बिर: सशस्त्र प्रहरी बल(एपिएफ)
सशस्त्र प्रहरी महानिरीक्षक ‘तेस्रो राष्ट्रिय महिला भलिबल’ प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालयको भलिबल कोटमा आज भएको फाइनल खेलमा एपिएफले नेपाल प्रहरी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
एपिएफले प्रहरीमाथि पहिलो सेट २५–८, दोस्रो सेट २५–२३ र तेस्रो तथा अन्तिम सेट २५ –२० ले पराजित ग¥यो । उपाधिसहित एपिएफले दुई लाख ५० हजार रूपैं पुरस्कार प्राप्त गर्यो।
त्यसैगरी उपविजेतामा चित्त बुझाएको प्रहरीले एक लाख २५ हजार रुपैंया पायो भने तेस्रो स्थान हासिल गरेको पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घले रु ५० हजार प्राप्त गर्यो।
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिले आयोजना गरेको उक्त प्रतियोगिताका विजेता टोलीलाई एपिएफका प्रहरी महानिरीक्षक दुर्जकुमार राईले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे।
यही चैत १५ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न पाँच टोलीको सहभागिता थियो ।