बिस्केट जात्राको चौथौं दिन मंगलबार भक्तपुर नगरको बोलाछेंस्थित जेठा गणेशको मन्दिर परिसरमा हात नभएको लिङ्गो उभ्याईएको छ। राज्यको विरोधस्वरुप बिहान ११ बजेर ३५ मिनेटमा हात नभएको लिङ्गो उभ्याइएको हो। संस्कृतिविद्हरुका अनुसार, राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा उभ्याईने योसिँख्योको लिङ्गोभन्दा पहिला नै स्थानीयद्वारा हात नभएको लिङ्गो उभ्याउने प्रचलन सुरु भएको हो।
हात नभएको लिङ्गो ढालेपछि बिस्केट जात्राको अन्त्य हुने भएकाले पनि नेवार समुदायमा यो लिङ्गो उभ्याउनुको ठूलो महत्व रहेको संस्कृतिविद्हरुले बताए। हात नभएको लिङ्गो बैशाख ५ गते ढाल्ने प्रचलन छ।