अधिवक्ता हरि फुँयाल महान्यायाधिवक्ता नियुक्त भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता फुँयाललाई आइतबार महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्। महान्यायाधिवक्तालाई प्रधानमन्त्रीको कानूनी सल्लाहकार मानिन्छ।
यसअघिका महान्यायाधिवक्ता हरिकृष्ण कार्कीले प्रधानन्यायाधीश हुने योग्यताक्रमसहित सर्वोच्च अदालतको न्यायाधीशमा नाम सिफारिस हुने पक्का भएपछि करिब डेढ महिना पहिले राजीनामा दिएका कारण फुँयालले महान्यायाधिवक्ता बन्ने अवसर पाएका हुन्।
अन्तर्राष्ट्रिय कानुनका जानकार मानिने नवनियुक्त महान्यायाधिवक्ता फुँयाल सत्तारुढ नेकपा एमालेको लेखा आयोगका सदस्य हुन्।