प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी दरबार सङ्ग्रहालयको अवलोकन गरेका छन्।
अाइतबार अपराह्न ३ बजे नारायणहिटी सङ्ग्रहालय अवलोकनमा ऊएका प्रधानमन्त्री ओलीले सङ्ग्रहालयभित्र भएका वस्तु ऐतिहासिक सम्पत्ति भएको र त्यसको संरक्षण गर्नुपर्ने बताए।
उनले सङ्ग्रहालयभित्र रहेका श्रीपेच, विभिन्न जिल्लाका नामाकरण गरेका बैठक कक्ष, तत्कालीन राजाका आसन तथा बैठक कक्षको अवलोकन गरेका थिए।
अवलोकनका क्रममा प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र सोही मन्त्रालयका सचिव प्रेमकुमार राईलगायत थिए।
प्रधानमन्त्री ओलीसहितको टोलीलाई सङ्ग्रहालयका उपसचिव रोहित ढुङ्गानाले दरबारका विभिन्न स्थान, राजपरिवारका सदस्यको हत्या भएको स्थान तथा त्यहाँ निर्माण गर्नुपर्ने कुराका बारेमा जानकारी गराएका थिए। रासस