अघिल्लो वर्षको वैशाख १२ र २९ गते नेपालमा गएको शक्तिशाली भूकम्पमा दिवंगत भएकाहरूको सम्झनामा अन्नपूर्ण मिडिया नेटवर्कले शनिबार काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा विशेष कार्यक्रम आयोजना गर्यो।
साढे आठ हजारभन्दा बढीको आत्माले शान्ति पाओस् भनेर वसन्तपुरमा गरिएको कार्यक्रममा राजनीति, कला, साहित्य, संस्कृति, न्याय, अर्थ, सुरक्षालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति, कलाकार, खेलाडी, व्यवसायी, पेसाकर्मी तथा सर्वसाधारणले आकाशमा हजारौं बेलुन उडाएका थिए।