सुनसरी रामधुनी भासी नगरपालिका–५ बस्ने खेमराज सुबेदीलाई प्रहरीले स्रोत नखुलेको ३७ लाख रुपैयाँ सहित पक्राउ गरेको छ ।
सुबेदीले घरमा स्रोत नखुलेको अवैध रकम राखेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले आइतबार घर तलासी गर्दा दराजमा लुकाई राखेको अवस्थामा उक्त रुपैया बरामद भएको थियो ।
प्रहरीले सुवेदीलाई नगद सहित आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सम्पती सुद्धिकरणको कार्यालय हरिहर भवन पुल्चोक ललितपुरमा पठाइएको छ ।