बिहानै एउटा किताब समातेर पढेझैँ गरी बसिरहेको थिएँ। मोबाइलको घन्टी टिरिङ टिरिङ बज्यो। फोन रिसिभ गरेँ, उताबाट विकासले बोल्यो, ‘म त बर्बाद भएँ या !’
मैले सोधें, ‘के भयो?’
उसले जवाफ फर्कायो, ‘योजनाले हिजो राति घरछेऊकै आँपको रुखमा झुण्डेर आत्महत्या गरी नि।’
ऊ रुन थाल्यो, म पनि नाजवाफ भएँ। केहीबेर सोच्नै सकिनँ।
पछि धैर्यसाथ भनें, ‘साथी संसार यस्तै हो। मर्नु त पर्छ नै सबैले एक दिन, तर योजना अकालमै मरी, म पनि दुःखी छु तर आफूलाई सम्हाल्न सक्नुपर्छ।’
यस्तै कुरा हँुदै थिए। नेटवर्क प्रोबलम भन्दै हाम्रो फोन सम्पर्कविच्छेद भयो। मैले कति ट्राई गरेँ तर फोन लाग्दै लागेन।
भर्खरै २१ वर्षमा टेकेकी, कलकलाउँदो वैंश भरिएकी, नागवेली कम्मर, हात्तीका जस्ता आँखा, उसको रुप यौवनाको वयान उसको प्रेमी स्वयं विकासले त गर्न सक्दैन्थ्यो, भने म कसरी सकुला र! हुन त नजानिदो पाराले एकततर्फी मेरो जिन्दगीको पहिलो प्रेम पनि उसँग थियो। तर पछि मैैले ऊ सामु व्यक्त गर्न सकिनँ। उसलाई थाहा दिन सकिनँ कि म उसलाई कति माया गर्छु। विकासले ऊ सामु आफ्नो माया व्यक्त गर्न सक्यो र योजना उसकी प्रेमिका बनी। विगत तीन वर्षदेखि उनीहरूको माया प्रेम अगाडि गइरहेको थियो। म भने मेरो जिग्रे दोस्त विकासले योजनालाई आफ्नो बनाएकोमा उनीहरूको उज्ज्वल भविष्यको कामना गर्दै विस्तारै योजनालाई बिसिर्दै गइरहेको थिएँ।
लक्षणासँगको भेटले त मैलै पनि प्रेमिका पाएको भान भइरहेको थियो। विकास र म बीचमा कुराकनी गर्दथ्यौं। योजना र विकासको प्रेमको बारेमा अनि लक्षणालाई मैले कति माया गर्छु भन्ने कुरा बुझाउन नसकेको बारेमा, विकासको र मेरो निरन्तर फोन भइरहन्थ्यो। उनीहरू दुईबीचको प्रेमको बारेमा ती दुई जनाबाहेक थाहा थियो त केवल मलाई मात्रै थाहा थियो।
म किताब थन्काएर खाटमा पल्टिएँ र सोच्न थालें कि योजनाले आत्महत्या गर्नुको कारण के हो? मेरो दिमाग त रित्तो भयो। के विकाससँगको प्रेम योजनाको लागि अभिषाप भयो? को होला दोषी उसको आत्महत्याको? म कर्तव्यबिमुढ भएँ, यस कुरालाई थाँती राख्दै अफिस जाने तयारी गर्न थालेँ। केही दिनपछि विकासको बाबाले मलाई फोन गरेर भन्नुभयो, ‘बाबु विकासलाई त पुलिसले योजनाको आत्महत्याको बारेमा अनुसन्धान गर्न अस्ति राति पक्राउ ग¥यो, अब के हुन्छ बाबु? प्रहरीले कल डिटेल हेर्दा अन्तिमपटक फोन विकासलाई गरेकी रहिछे, त्यसैले प्रहरीले उसलाई पक्राउ गरेको रे! तँ त वकिल मान्छे यसो उसलाई सहयोग गर न बाबु! म त बर्बाद भएँ। मेरो एक्लो छोरो अनायसै फस्ने भयो सहयोग गर है बाबु तिमीहरू त मिल्ने साथी पनि हौ। मेरो उद्धार गर है बाबु। मैले आश्वासन दिँदै भनें, ‘अंकल विकासलाई केही हँुदैन, म छँदै छु मलाई विकास र योजनाको सम्बन्धका बारेमा सबै थाहा छ, विकास निर्दोष छ, उसलाई म सहयोग गर्छु अंकल तपाई ढुक्क हुनुहोस्। म पैसाको चाँजोपाजो मिलाएर दुई चार दिनमै आउँछु।’ मैले भनेपछि अंकल पनि ढुक्क हुनुभयो।
तीन दिनपछि लागँे म घरतिर। घरमा पुगेँ, गाउँमा सबै जनाको भलाकुसारी गरँे। सबैले विकाससँगको प्रेम उसको मृत्युको कारण भएकोले विकास यसमा दोषी छ र उसले सजाय पाउनुपर्छ भन्ने रहेछन्। म भने यस कुरामा सहमत थिइनँ तर सहमत नभए पनि अब एक मात्र उपाय सोच्न थालेँ विकासलाई कसरी निर्दोष साबित गरी जेलमुक्त गराउने। म यस्तै सोच्न थालेँ। विकासलाई कर्तव्य ज्यानमुद्दा लगाई अदालतमा लगियो। सरकारी वकिल र म बीच घमासान बहस भयो। दुबै पक्षका तर्कहरू एकदमै सान्दर्भिक देखिए। तर म भने आफूसँग प्रमाण कम भएको महसुस गर्दै विकासलाई मुक्त गराउन नसकिने ठान्दै अदालत परिसरमै झोक्राएर बसिरहेको थिएँ। न्यायाधीशको निर्णय आयो कि यस मुद्दामा पुनः अर्को बहस एक महिनापछि आजकै मितिमा हुनेछ। म केही हदसम्म खुसी भएँ किनभने मैले एक महिनामा केही नयाँ प्रमाणहरू जुटाउनेछु।
अब म नयाँ प्रमाणको खोजीमा भौंतारिन थालेँ। म विकासको कोठामा गएर उसका डायरी किताबहरू पल्टाउन थालँे। सोही क्रममा विकासको डायरीको मध्यपृष्ठमा नयाँ अक्षरहरू देखेँ। लाग्यो यी त विकासको अक्षर होइनन् कसले लेखेछ? अनि पढ्न थालेँ।
विकास,
मेरो जिन्दगीको अन्तिम सम्बोधन तिमीलाई। मानिस सामाजिक प्राणी भएको कुरा तिमीलाई भनिरहनु पर्दैन तर सामाजिक प्राणीको नाममा लाद्न खोजिएको ती अन्धविश्वासी जातिभाति, धनी गरिबका सम्बन्धलाई हामीले चिर्न सक्नुपथ्र्याे र प्रयास पनि तिमी र मबाट नभएका होइनन्। तर म आज अन्तिम निर्णय लिन बाध्य भएकी छु। त्यसको कारण अरु कोही नभएर हाम्रो रुढीवादी र संकीर्ण समाज हो।
मेरो घरमा माथिल्लो गाउँका काजीसाहेब मेरो हात माग्न छोरालाई लिएर आएका थिए। मेरो बाबा काजी भन्नवित्तिकै मख्ख परेर मेरो बिहेको कुरो टुङ्गो लगाउन थाल्नुभयो। म गएर विरोध गरँे अनि बाबालगायत सबै जनालाई भनेँ– म विकासलाई प्रेम गर्छु र उसँग बिहे गर्न चाहन्छु। मेरो बाबाले तिमीलाई तथानाम गाली गर्नुभयो। त्यो गरिब कंगाल, अनि दुई छाक खाना नपुग्ने अलछिनाले मेरो छोरी कसरी पाल्न सक्छ भन्दै तिमीलाई गाली गर्न थाल्नुभयो। मैले प्रतिवाद गर्दै गएँ र काजीको छोराले पनि तिमीप्रति नकारात्मक दृष्टिकोण राख्यो। तिमीप्रति जाइलाग्ने निर्णय गर्यो। त्यसमो मेरो बिहे टुङ्गो लगाइयोे, केवल पाँच दिनमात्रै ग्याप राखेर। म के गरुँ गरुँ भएँ। तिमीलाई भन्न सकिनँ र निर्णयमा पुगँे कि यो सानोपत्र कोरेर तिमीसँग अन्तिम विदाइ माग्दैछु। म आज तिमी नभएको मौका छोपेर यो चिठी लेख्दैछु। सायद यो चिठी तिमीले म यो संसार छोडी सकेपछि मात्रै पढ्नेछौ।
अन्त्यमा, मेरो मृत्युको कारण तिमी नभएर यो रुढिवादी समाज हो। तिमी यसमा फस्न सक्ने थाहा पाएर मैले यो चिठी तिमी दोषी नभएको प्रमाणको रुपमा रहोस् भनी यही कालो मसीले औंठा छाप बनाई चिठीको अन्त्यमा छाप लगाएकी छु। यसरी प्रमाणका आधार हुने कुराको बारेमा कानुनी ज्ञान प्रदान गरेकोमा तिम्रोको साथी निराजनलाई धन्यवाद दिँदै विदा चाहन्छु।
उही
तिम्रो बन्न नसकेकी
योजना
अब म खुसी भएँ कि मेरा साथी विकास थुनामुक्त हुने भयो। यो प्रमाण मैले अदालतमा पेश गरेँ। सरकारी विपक्ष्ीा वकिल यो प्रमाण झुठो र कीर्ते भएको भन्दै ममाथि समेत प्रश्नचिन्ह खडा गरी म विरुद्घ मुद्दा अगाडि बढाउने सम्मको धम्की दिए। मैले योजना को नागरिकता र यो चिठीको औंला छापबीच तुलना गर्न आग्रह गरेपछि न्यायाधीश पनि सन्तुष्ट हुनुभयो। र अन्त्यमा यो पत्र योजनाले नै लेखेको प्रमाणित भएपछि विकास थुनामुक्त भयो। र दुबैजना सँगै खुसी हुँदै घरतिर आयौँ। दुबैले अठोट गर्यौं यो रुढिवादी संस्कारलाई निर्मूल पार्न अगाडि बढ्ने।
म त्यसपछि आफ्नो कार्यक्षेत्रतिर फर्किए। लक्षणासँग मेरो सम्बन्ध विस्तारै सुधिँ्रदै गयो। हामी एक अर्कालाई धेरै माया गर्न थाल्यौं। एक दिन घुम्दै–घुम्दै पार्कमा पुगेको बेला लक्षणाले शंका व्यक्त गरी, ‘के हाम्रो प्रेम सफल होला त? म तल्लो जातको तपार्इं कथित उपल्लो जातको?’ म नाजवाफ भए र सोच्न थालें, ‘मेरो साथी विकासको त योजनासँग त जात मिलेको थियो, संस्कार मिलेको थियो नमिलेको आर्थिक अवस्थामात्र थियो तर लक्षणासँग त मेरो केही पनि मिल्दैन। कतै हाम्रो प्रेम पनि? म टोलाइरहेको देख्दा लक्षणाले सोधिन्, ‘के भयो? किन टोलाउनुभएको?’
मैले तत्कालै झल्यास्स हँुदै भनँे, ‘केही होइन।’
उसले मलाई कुरा लुकाएको भन्दै जिस्काउन थाली। म भने उसलाई नलुकाएकोमा विश्वास बनाउन चाहन्थें। बेलुकी कोठामा फर्कियौं। म कोठामा आए र सोच्न थाले के समाजलाई च्यालेन्ज गर्न सकिन्छ त? पछि म पनि के निष्कर्षमा पुगेँ भने हामीजस्ता पढेलेखेका युवा युवतीहरूले यी रुढिवादी संकीर्ण सामाजिक कूरीतिहरूलाई अन्त्य गर्न सकेनांै भने अरूले त के सक्लान् र त्यसैले म अब लक्षणासँगको मेरो सम्बन्धलाई प्रगाढ बनाउँछु र यसमा उसलाई पनि सहयोग गर्न आग्रह गर्छु। मैले आजसम्म लुकाएर राखेको योजनाप्रतिको मेरो एकोहोरो प्रेम अनि विकास र योजनाबीचको प्रेम प्रसंग र सामाजिक कूरीतिको कारण योजनाको आत्महत्या यी सबै सुनाएर उसका पनि आत्मबल खडा गर्छु ताकि उसले योजनाको जस्तै समस्याको समाधानको एकमात्र अचुक उपाय आत्महत्या नठानेर जीवनलाई एक संघर्षको रुपमा परिभाषित गर्न सकोस्।