विश्वभरका शिक्षकमाथि गरिएको एक सर्वेक्षणले चीनमा शिक्षकलाई सबैभन्दा ज्यादा सम्मान गरिने औंल्याएको छ। शिक्षकलाई चिकित्सकसरह दर्जा दिइने चीन एउटामात्र राष्ट्र हो। नागरिक दैनिकमा समाचार छ।
अन्य देशमा भने शिक्षण पेसालाई सामाजिक कार्यका रुपमा हेर्ने गरिन्छ। अमेरिका, ब्राजिल, फ्रान्स र टर्कीमा शिक्षकलाई पुस्तक व्यवस्थापक जस्तो मानिन्छ।
ग्लोबल टिचर स्टाटस इन्डेक्सका अनुसार अमेरिका र बेलायतमा शिक्षणलाई मध्यम स्तरको पेसा मानिन्छ। दक्षिण कोरिया, टर्की, इजिप्ट र ग्रिसले शिक्षणलाई अति सम्मानित पेसाका रुपमा मानेका छन्। सूचीको सवैभन्दा पुछारमा इजरायल छ।
यो सर्भे सने २०१३ मा २१ राष्ट्रमाथि गरिएको थियो।
प्राध्यापक पिटर डाल्टन र डा. ओस्कार मार्सिनारो गुटिएरेजले पहिलो पटक संसारभरकै शिक्षकको इज्जत मापन गर्ने प्रयास गरेका थिए। एक हजार व्यक्तिमाझ गरिएको थियो सर्वेक्षण।