कुनै विधान कानुन नै नभए जस्तो
हर क्षण, हर ठाउँ ठगिनै पर्ने,
सायद लोकतन्त्रमा ठग्न पाउनुपर्ने
कसैको मौलिक अधिकार पो होकि !
भो चाहिदैँन नेताज्यू , यस्तो ठगाहा लोकतन्त्र
जहाँ दिनदहाडै जनता लुटिन्छन् ।
विद्यालयबाट अभिभावक
विश्वविद्यालयबाट विद्यार्थी
कण्डक्टरबाट यात्रु
डाक्टरबाट बिरामी
प्रहरीबाट जनता
सेवा केन्द्रबाट सेवाग्राही
हाकिमबाट कर्मचारी
घरबेटीबाट डेरावाला
व्यापारीबाट ग्राहक
नेताबाट कार्यकर्ता
अरे ! यो कस्तो शहर हो ?
जताततै ठगहरुको राज छ ।