सिरहाको इनरुवा–७ स्थित गौचरमा एक महिला मृत अवस्थामा भेटिएकी छन्।
नाम, थर र वतन खुल्न नसकेकी ३२ वर्षीया उक्त महिलाको शब परीक्षणका लागि उमा स्मारक अस्पताल लहान पठाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।
यस विषयमा थप अनुसन्धान भइरहेको उपरीक्षक केसीले बताए। रासस