अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय बाँकेका नापी सर्वेक्षक जीवछ यादवले रु एक लाख घूस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सर्वेक्षक यादवले नेपालगन्ज नगरपालिका–७ रामनगरस्थित जग्गाको कित्ताकाट गरी लालपुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घूस लिँदालिँदै थलोमा नै पक्राउ परेका थिए।
आयोगले रु एक लाख बिगो कायम गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ। रासस