जबर्जस्ती करणी गरेको आरोपमा बर्दियाको राजापुर नगरपालिका-१७ टपराका ३६ वर्षीय विमल चौधरीलाई प्रहरीले आइतबार कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका-१० बाट पक्राउ गरेको छ।
दुई दिनअघि टपरा बस्ने १७ वर्षीय युवतीलाई विवाह गर्ने प्रलोभनमा पारी चौधरीले कैलालीको अत्तरियामा जबर्जस्ती करणी गरी फरार भएका थिए।
पीडित युवतीले प्रहरीमा उजुरी गरेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका-१० असैनामा दिदीको घरमा लुकेर बसेको अवस्थामा चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताए। रासस