बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नी पत्नी समन्थाका लागि सेकेण्ड ह्याण्ड गाडी खरिद गरेका छन्। क्यामरुनले १४ सय ९५ पाउण्ड (करिब साढे २ लाख रुपैयाँ) मा निसान माइक्रा कार किनेका हुन्। क्यामरुनको कार्यालयबाट कार बिक्रेता इयान ह्यारिसलाई कार खरिदका लागि फोन आएपछि उनका साथीहरुले मजाकमा उडाएका थिए। तर शुक्रबार क्यामरुनले कारको पैसा बुझाएका थिए।